images
images

प्रतिनिधिसभातर्फ दोलखाका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने

  • ३१ आश्विन २०७९, सोमबार २०:५३

जिरी (दोलखा) । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो । आयोगका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च बढी गर्न पाइनेछ । जसअनुसार दोलखाका प्रतिनिधिसभातर्फका उम्मेदवारले ३३ लाख निर्वाचन खर्च गर्न पाउने भएका छन् ।
यसैगरी रामेछाप, काभ्रेपलाञ्चोक र सोलुखुम्बु सहित २५ जिल्लाका उम्मेदवारले आगामी निर्वाचनमा ३३ लाख खर्च गर्न पाउनेछन् । यो उम्मेदवारहरुले गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद हो ।