images
images

त्रिभुवन विमानस्थलबाट एकैदिनमा ११४ अन्तराष्ट्रिय उडान–अवतरण गर्दै किर्तिमान कायम

  • ३० आश्विन २०८०, मंगलवार १४:२५

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकै दिनमा ११४ अन्तराष्ट्रिय उडान–अवतरण भएको छ ।

नेपालको सबैभन्दा ठुलो तथा पुरानो अन्तराष्ट्रिय विमानस्थलबाट एकैदिनमा ११४ अन्तराष्ट्रिय उडान–अवतरण भएर किर्तिमान कायम गरेको हो । यो एक दिनमा भएको हालसम्मकै धेरै उडान–अवतरण रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आज एकैदिन विमानस्थललले १६ हजार ५ सय ९ जना यात्रु व्यवस्थापन रहेको छ । नेपालीहरुको महान चाड दशैं नजिकिनुका साथै पर्यटकीय मौसम समेत सुरु हुँदा वायुुसेवा कम्पनीहरुले उच्च चापमा उडान गरिररहेका छन् ।