images
images

जनउपकार साकोसको सम्पति ४३ करोड नाघ्यो, ३२ करोड ऋण लगानी

  • ३० आश्विन २०८०, मंगलवार १९:३८

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–२ स्थित जनउपकार बचत तथा ऋण सहकारी संस्थाले ३२ करोड बढी ऋण लगानी गरेको छ ।

संस्थाले २४ औं वार्षिक साधारणसभाको अवसरमा ३२ करोड ९ लाख १४ हजार १ सय ७३ रुपैँया ऋण लगानी गरेको जानकारी गराएको हो । साकोसको कुल सम्पत्ति ४३ करोड ५० लाख ३२ हजार ४ सय २३ रुपैँया छ भने शेयर पुँजी ३ करोड २६ लाख ६० हजार ८ सय रुपैँया छ ।  संस्थाको जगेडा कोष १ करोड ४१ लाख ७ सय ९३ रुपैँया र बचत ३५ करोड ७५ लाख ५० हजार ५ सय १५ रुपैँया छ । संस्थाले गत आर्थिक वर्ष कारोबारबाट कुल ७८ लाख ३९ हजार ८ सय २७ रुपैँया मुनाफा आर्जन गरेको कोषाध्यक्ष बलराम खड्काले जानकारी दिनुभयो ।

जनउपकार साकोसमा ९ हजार २ सय ५८ जना सदस्य आवद्ध छन् । जनउपकार साकोसले दोलखा, सिन्धुपाल्चोक र काठमाडौं कार्यक्षेत्र रहेको संस्थाको ६ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । असोज २० गतेबाट क्षेत्रगत रुपमा सुरु भएको जनउपकार साकोसको केन्द्रिय साधारणसभा आज सम्पन्न भएको हो । साधारणसभाको प्रतिनिधिसभाका सांसद गंगा कार्कीले उद्दघाटन गर्नुभयो । उद्धघाटन मन्तव्य व्यक्त गर्दै सांसद कार्कीले सहकारी क्षेत्रमा देखा परेको विकृति अन्त्य गर्दै सबै संस्थाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष लोकेन्द्र प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेकपा एकीकृत समाजवादीका गोपल न्यौपाने, दोलखा जिल्ला बचत संघका अध्यक्ष भूमिराज खड्का, जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्ण प्रसाद दाहाल, संस्थाका पुर्वअध्यक्ष रोसन कार्की, व्यवस्थापक चुडामणि घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको अवसरमा असल ऋणी, असल बचतकर्ता, उत्कृष्ट सुझावकर्ता, असल शेयर सदस्य र एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो ।