काठमाडौँ । दक्षिण एसियाली फुटबल महासँघ (साफ) महिला च्याम्पियनसिप २०२४ आजबाट सुरु हुँदैछ ।
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गरेको हो । काठमाडौँस्थित दशरथ रंगशालामा हुने सातौँ संस्करणको च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्धघाटन खेलमा आज समुह एमा रहेका भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सँढे ५ बजबाट सुरु हुनेछ । समुह बी मा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा भोली भुटानसँग प्रतिस्पर्धँ गर्नेछ ।
५ पटकको उपाधी जितेको भारत साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । भारत बाहेक साफ वुमन्स च्याम्पियनसिप जित्ने अर्काे टोली बंगलादेश हो । नेपाल भने ६ मध्य पाँच संकरणको फाईनल पुगेर पनि सँधै उपविजेतामै सिमित छ ।