images
images

देशकै प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको भन्दै ओलीविरुद्ध अख्तियारमा उजुरी

  • १ कार्तिक २०८१, बिहीबार १३:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

देशकै प्रधानमन्त्रीले कानुन उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी परेको हो । नेकपा एमालको पार्टी कार्यालय निर्माणमा व्यापारीसँग जग्गा लिएको विषयमा सिन्धुलीका युवराज पौडेल (सफल) ले आज आयोगमा पुगेर उजुरी दर्ता गराउनु भएको थियो । उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि कुल १० रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि पछिल्लो समय यो विषय विवादमा चुलिदै गएको हो ।