हेटौँडा । बागमती प्रदेशमा ३ महिनामा ७ हजार भन्दा बढिमा डेंगु संक्रमण भएको छ ।
चालु आर्थिक वर्षको साउन १ गतेदेखि हिजोसम्मको अवधिमा बागमती प्रदेशमा ७ हजार ३९३ जनामा डेंगी संक्रमण भएको हो । प्रदेशका १३ वटै जिल्लामा डेंगीको प्रकोप फैलिएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन महिनाको अवधिमा असोज महिनामा सबैभन्दा बढि डेंगु संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले जानकारी दिनुभयो । असोज महिनमा मात्रै प्रदेश भित्र ३ हजार ९९० जनामा डेंगी संक्रमण भएको छ ।
यसअघि भदौमा २ हजार १६२ जनामा र साउनमा ८ सय ४७ जनामा संक्रमण पुुष्टी भएको थियो । बागमती प्रदेशका १३ जिल्लामध्य काठमाडौँमा सबैभन्दा धेरै डेंगीका विरामी फेला परेका छन् । हालसम्म काठमाडौँमा मात्रै २ हजार ६५० जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।
यस्तै चितवनमा १ हजार ८४६जनामा डेंगी संक्रमण भएको छ भने महवानपुरमा ९१२ जना संक्रमति भेटिएका छन् ।