images
images

मिर्गेको पाईलेमा बम जस्तो शंकास्पद बस्तु फेला, सुरक्षाकर्मीको टोली घटनास्थलमा

  • १ मंसिर २०७९, बिहीबार ११:५६

दोलखा । दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको पाईलेस्थित जँगलमा बम जस्तो शंकास्पद वस्तु फेला परेको छ ।

पाईले गाउँभन्दा केही तलको जँगलमा बम जस्तो शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोली अहिले घटनास्थलमा पुगेको छ । स्थानीयले बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । यस बिषयमा दोलखा प्रहरीले केही बताएको छैन ।