images
images

पाईलेमा फेला परेको शंकास्पद वस्तु बम नभएर बच्चाको खेलौना भएको पुष्टि

  • १ मंसिर २०७९, बिहीबार १२:५२

जिरी (दोलखा) । दोलखाको वैतेस्वर गाउँपालिकास्थित पाईलेमा फेला परेको शंकास्पद वस्तु बम नभएर बालबालिकाहरुको खेल्ने सामाग्री भएको पुष्टि भएको छ ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेको पाईलेस्थित जँगलमा फेला परेको शंकास्पद वस्तु बालबालिकाहरुको खेलौना भएको पुष्टि भएको हो । आज बिहान करिब साढे ११ बजे पाइले गाउँको तारेपहरा जंगलमा बम जस्तो बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । शंकास्पद बस्तु फेला परेको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले अनुसन्धान गर्ने क्रमममा सो वस्तु बम नभएर बालबालिकाहरुले खेल्नको लागि पुरानो रेडियोको सामाग्री राखेको पाइएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहदा देशका विभिन्न स्थानमा बम विष्फोटका घटनाहरु घटिरहेका छन् ।