images
images

बागमति प्रदेशका ३४ लाख बढी मतदाता निर्वाचनमा सहभागी हुँदै

  • १ मंसिर २०७९, बिहीबार १५:०१

हेटौँडा । आसन्न निर्वाचनमा बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजार मतदाताले मतदान गर्ने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागमती प्रदेशका १३ जिल्लाका कुल ३४ लाख ७१ हजार ७ सय ९२ जना मतदाताले मतदान गर्ने भएका हुन् । बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार १७ लाख ३७ हजार ३ सय ७८ जना महिला र १७ लाख ३८ हजार ८७ जना पुरुषले आसन्न निर्वाचनमा मतदान गर्नेछन् । ती मतदाताका लागि प्रदेशभर ४ हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।