images
images

‘गणतन्त्र बिरोधीले उपलव्धिलाई हल्लाउन सक्दैनन्, प्रदेशलाई बलियो बनाइन्छ’–प्रधानमन्त्री प्रचण्ड

  • १ मंसिर २०८०, शुक्रबार १६:४९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै लामो संघर्ष र बलिदानीपछि प्राप्त उपलव्धिहरुलाई गणतन्त्र बिरोधीहरुले हल्लाउन नसक्ने बताउनुभएको छ ।

गणतन्त्र र लोकतन्त्रको रक्षाकालागि प्रमुख राजनीतिक दलहरु एक भएको भन्दै उहाँले ७० वर्ष लडेर ल्याएको उपलव्धिलाई कोही कसैले चाहेर हल्लाउन नसक्ने बताउनुभयो । तनहु्ँको आँबुखैरेनीमा अस्पताल उद्घाटन समारोहलाई सम्वोधन गर्दैै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय वैठकमा अराजकता र छाडापनलाई राजनीतिक दलहरुले टुलुटुलु हेरेर नबस्ने बताएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले संबिधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै संघीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने उल्लेख गर्नुभयो । प्रदेश सरकारलाई बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको भन्दै उहाँले तीन वटै ऐन कार्यान्वयनमा आउने बताउनुभयो । प्रहरी समायोजन ऐनका बिषयमा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग छलफल भईरहेको र संघीय निजामति ऐन बनिसकेका कारण चाँडै ऐन कार्यान्वयनमा आउने स्पस्ट पार्नुभयो ।