images
images

गोकुलगंगामा बाघको आक्रमणबाट एक युवक गम्भीर घाइते

  • २ पुष २०७९, शनिबार ११:०५

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकामा बाघको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् ।

गोकुलगंगा गाउँपालिका १ ढांडेका १७ वर्षीय शिवराम कार्कीलाई बाघले आक्रमण गरेको हो । हिजो बेलुकी शिवालयको जंगलमा पत्कर सोर्न जाने क्रममा उनलाई बाघले आक्रमण गरेको रामेछापका प्रहरी निरिक्षक राजुप्रसाद ढकालले जानकारी दिनुभयो । घटनापछि उनलाई उपचारका लागि दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पताल लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने गोकुलगंगा, जिरी र उमाकुण्ड क्षेत्रमा वर्षेनी मानिसलाई भालुले आक्रमण गर्दै आएकोमा यो पटक बाघले आक्रमण गरेको हो । कार्कीको अनुहार र खुट्टामा गम्भीर चोट पुगेकोे छ ।