images
images

रामेछापमा बोलेरो जिप दुर्घटना, ६ जनाको अवस्था गम्भिर

  • २ पुष २०७९, शनिबार १६:२८

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।

घाईतेमध्ये ६ जनाको अवस्था गम्भिर छ । दुरागाँउबाट भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बालेरो उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ एकराते छागामा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ की ३२ वर्षिया बिमला सुनुवार, सोही स्थानकी २३ वर्षिया श्रृष्टी सुनुवार, बोलेरो चालक ३९ वर्षिय बिमल सुनुवार, ३० वर्षिया सिता कार्की, ३० वर्षिया मनिता खड्का र ४० वर्षिय दिपक सुनुवार रहेका छन् ।

गम्भिर घाईतेमध्ये लिखु तामाकोशी गाउँपालिकाकी बिमला सुनुवार र बोलेरो चालक बिमल सुनुवारलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ भने अन्यको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका अन्य तीन जनाको अवस्था भने सामान्य छ । बोलेरो आफैं अनियन्त्रित भएर सडकबाट करिव ५० मिटर तल खसेको थियो ।