images
images

सुनकोसी तेस्रो जलाशययुक्त आयोजना निर्माणको बाटो खुल्यो

  • २ पुष २०७९, शनिबार १७:५०

सुनकोसी तेस्रो जलाशययुक्त आयोजना निर्माणको बाटो खुलेको छ ।

वन मन्त्रालयले सुनकोसी तेस्रो ६ सय ८३ मेघावाट जलाशययुक्त विद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन इआइए स्वीकृत गरेसँगै आयोजना निर्माणको बाटो खुलेको हो । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदिमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएको छ । वन मन्त्रालयले इआइए स्वीकृत गरेसँगै आयोजना थप प्रक्रिया अघि बढाईने उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । आयोजना निर्माणका लागि ४ हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको विद्युत विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको थियो ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली रामेछाप जिल्लाका करिव १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । काभ्रेको तेमाल गाउँपालिकाका ८ वटा वडा बाँध, विद्युत गृह र डुबान क्षेत्रमा पर्नेछ भने रामेछापको खाँडादेवि गाउँपालिका बाँध, डुवान क्षेत्र तथा अन्य जिल्ला प्रभावित क्षेत्रमा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।