images
images

कांग्रेस काभ्रेद्धारा दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि सिफारिस

  • २ पुष २०७९, शनिबार २०:५१

नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेको आज बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी कारवाही गर्न केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर– २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो । उनीहरु माथि निर्वाचनको बेला अन्र्तघात गरेको आरोप छ । निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्यद्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको नेपाली कांंग्रेस काभ्रेले जनाएको छ ।

कांग्रेस काभ्रेले बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।