images
images

भिमेश्वर नगरपालिकाका किशोर बेपत्ता भएको एक महिनापछि मृत फेला

  • १ पुष २०८०, आईतवार १६:०६

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाका किशोर बेपत्ता भएको एक महिनापछि मृत्त अवस्थामा फेला परेका छन् ।

भिमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीस्थित पानीघाटका १४ वर्षीय अविरल उप्रेती मृत्त फेला परेका हुन् । उनी गत असोज २७ गतेबाट बेपत्ता भएका थिए । बेपत्ता भएका उप्रेती आज सुस्पा क्षमावतीको तोरीबारीको टयांकीको छेउमा मृत्त फेला परेको भिनपा–१ का वडाअध्यक्ष माधव थामीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ बस्दै आएका उनका परिवार हाल मावलीमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।