रुसी सेनामा गएका कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।
रुस–युक्रेन युद्धमा रुसी सेनाका तर्फबाट सहभागी भएका कैलालीको टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको खुलेको हो । शाहको परीवारले उनको मृत्युको खबर केही दिन अघि मात्र पाएको बताएका छन् । उनीहरुले आज कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको तर खबर हालै मात्र पाएको भरतका दाजु नाता पर्ने बिर्ख शाहले बताउनुभयो ।
भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिलो जानकारी पाएको भरतका दाजु नाता पर्ने बिर्खको भनाइ छ ।










