काठमाडौं । दोलखाका तीन युवक दुर्लभ वन्यजन्तु सालकको खपटासहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–१ का २० वर्षीय अमृत लामा, जिरी नगरपालिका–३ का २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङ रहेका छन् । वन्यजन्तु सालकको खपटा बेचविखन गर्न हिडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको हो ।










