images
images

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दल सहमत

  • ४ माघ २०७८, मंगलवार ०६:०६

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् ।

सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बिहान बसेको बैठकले स्थानीय निर्वाचन वैशाखमै गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय निर्वाचन गर्नुपर्नेमा सहमत भएका छन् ।

सबै दल संविधानअनुसार समयमै चुनाव गर्न सहमत भएको र केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।