जिरी (दोलखा) । दोलखामा सक्रिय कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । आज २३ जना नयाँ कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६९ पुगेको हो ।
विभिन्न पालिकामा ३० जनाको एन्टीजीन परिक्षण गरिएकोमा २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसअनुसार सबै भन्दा बढी जिरी नगरपाकिला र शैलुङ गाउँपालिकामा १७ १७ जना, वैतेस्वरमा ११, तामाकोशीमा १० र भीमेस्वर नगरपालिकामा ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यसैगरी जिल्लाको कालिन्चोक गाउँपालिकामा ३, गौरीशंकरमा २ र मेलुङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन् । बिगु गाउँपालिकामा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार सक्रिय संक्रमित सबै होम आइसोलनमा रहेका छन् । दोलखामा पछिल्लो सयम कोरोना संक्रमण दर तिव्ररुपमा बढिरहेको छ ।