images
images

कर्मचारी संक्रमित भएपछि सर्वोच्च अदालतको सेवा कटौती

  • ४ माघ २०७८, मंगलवार ०९:३४

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ ।

अदालतको फुलकोर्टले भोलीदेखि माघ १८ गतेसम्म  ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको हो ।त्यसमा बन्दी प्रत्यक्षिकरण तथा कोभिड १९ महामारीसँग सम्बन्धीत जरुरी प्रकृतिका निवेदनको सुनुवाई हुनेछ ।कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने भएको छ । सर्वोच्चले भोलीदेखि माघ १८ गतेसम्म ६ प्रकारका मात्रै सेवा दिने भएको हो । त्यसमा बन्दी प्रत्यक्षिकरण तथा कोभिड १९ महामारीसँग सम्बन्धीत जरुरी प्रकृतिका निवेदनको सुनुवाई हुनेछ ।

यस्तै मुद्धा फिर्ता, तामेली एवम् मिलापत्र सम्बन्धी निवेदनको सुनुवाई हुनेछ भने फौजदारी मुद्धामा थुनुवामा रहेकाको मुद्धाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाई हुनेछ । यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको सुनुवाई हुनेछ । मुद्धा/निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

सर्वोच्च अदालतका न्यायधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर फुलकोर्टमा सहभागी भएका छन् ।प्रधानन्यायधीश चोलेन्द्र शंम्शेर जबराको अध्यक्षतामा आज बसेको सर्वोच्चको फुलकोर्टमा अन्य न्यायधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर सहभागी भएका हुन् । फुलकोर्ट संयुक्त बस्ने परम्परा रहे पनि यो पटक प्रधानन्यायधीश सहित सबै न्यायधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । आजको फुलकोर्ट बैठकले कोरोना महामारीको बढ्दो प्रभावलाई ध्यानमा राख्दै आफ्नो सेवामा संकुचन गर्ने निर्णय गरेको छ । यस्तै स्थानीयस्तरको अवस्था गरेर जिल्ला र उच्च अदालतले यसबारे आफै निर्णय गर्नसक्ने गरी फुलकोर्टले अख्तियारी दिएको छ ।