images
images

कोरोनाका कारण राहदानी बितरण स्थगित

  • ४ माघ २०७८, मंगलवार ११:५६

काठमाडौं । कोरोना संक्रमण तिव्ररुपमा फैलिन थालेपछि राहदानी विभागले राहदानी वितरण स्थगित गरेको छ ।
दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित फेला पर्न थालेपछि राहदानी वितरण स्थगित गरिएको हो ।

विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालकालागि बन्द गरिएको राहदानी विभागले जनाएको छ । विभागले यसअघि दिएको बुकिङ तथा टोकन सिस्टमलाई पनि स्थगन गरेको छ । अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने विभागले जनाएको छ । उपचारका लागि विदेशमा जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा राहदानीका लागि अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्नुपर्नेछ ।

सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदनबारे विभागले दुई दिनभित्र इमेलबाटै जानकारी गराउने छ । साथै जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य जारी नै रहने विभागले जनाएको छ ।