images
images

कोरोना विरुद्धको खोप लगाउन चार दिन विद्यालय खोल्ने निर्णय

  • ४ माघ २०७८, मंगलवार १४:१०

काठमाडौं । कोरोना भाईरस विरुद्धको खोप अभियानका लागि माघ १५ गतेपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

गृहमन्त्रालयमा आज बसेको महामारी विरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो । गृहमन्त्रालयका विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदिप कोइरालाले चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय खोलिएको समयमा प्रत्येक विद्यालयमा खोप अभियान चलाईनेछ । गत पुस २५ गते सिसिएमसिले गरेको सिफारिस अनुसार मन्त्रिपरिषदले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।