images
images

प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

  • ४ माघ २०७९, बुधबार ०८:०४

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । तर अहिलेसम्म पनि सभामुख दाबी गरिरहेका दलहरुले उम्मेदवार तय गर्न सकेको छैैन् । प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति र सभामुख लिने सहमति गरेको नेकपा एमालेले समेत सभामुखको उम्मेदवार तोक्न सकेको छैन ।
यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । तर कांग्रेसले पनि के गर्ने भन्ने अझै टुग्याएको छैन ।