images
images

विमान दुर्घटनाः पाइलट केसीको शालिक सहित ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने

  • ४ माघ २०७९, बुधबार ०९:४६

काठमाडौं । पोखरामा माघ १ गते यती एयरलाइन्सेको नाइन एनएसी एटीआर ७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ ।

कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्वगीय केसी रपा गाउँपालिका वडा नम्बर पोल्याङ निवासी हुन् । गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवम् प्रशिक्षक थिए । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्यु केसीको मृत्युले गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउनुभयो । गाउँपालिकाको बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलोखमा नाम समावेश गर्ने र स्थानिय पाठ्यपुस्तकमा केसका बारेमा समावेश गराउे निर्णय गरेको हो ।

माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सेको ७२ जना सवार विमान पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था अझै अज्ञात रहेको छ ।