
काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । उम्मेदवार भने टुंगो लागेको छैन । प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार तय गरिने कांग्रेसले जनाएको छ । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेदवार छन् । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।