images
images

युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

  • ४ माघ २०७९, बुधबार १४:५९

काठमाडौं । युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्री सहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको हो। मृत्यु हुनेमा २ जना बालबालिका छन् । दुर्घटनामा परी १० जना बालबालिकासहित २२ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

युक्रेनी आपत्तकालीन सेवामा रहेक प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत दुर्घटनाको जानकारी दिएका छन् । मृतकको स्पष्ट परिचय भने खुलाइएको छैन ।