images
images

काभ्रेपलाञ्चोकका मनराजको अपराधिक यात्राः १० वर्ष जेल बसेर छुटेपछि ७७ लाख लुटपाट

  • ४ माघ २०७९, बुधबार १५:५८

काठमाडौं । श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न भएको आरोपमा काभ्रेपलाञ्चोकका एक पुरुष पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेको तिमाल गाउँपालिका वडा नम्बर ५ घर भएका ३२ वर्षीय रोमन भनिने मनराज तामाङलाई पक्राउ गरेको हो । प्रहरीले श्रृङ्खलाबद्ध डकैटी तथा लुटपाटको घटनामा संलग्न अभियुक्तलाई हिजोे पक्राउ गर्न सफल भएको हो । उनी तिमालस्थित घर नजिकैबाट पक्राउ परेका छन् । उनलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । १० वर्ष खुन डाँका मुद्दामा जेल परेका उनी छुटेपछि फेरि डकैती धन्दामा संलग्न भएको खुलेको छ । २०६८ असोज २२ गते ललितपुरको सिरुवारीमा लुटपाटका क्रममा उनले गोली चलाउँदा श्रवण खड्काको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेका उनी १० वर्ष जेल बसेका थिए । जेलबाट छुटेपछि तामाङ गत असार ६ देखि साउन २४ गतेसम्मको अवधिमा लुटपाट र डकैतीमा संलग्न भएको खुलेको छ भने अनुसन्धानको क्रममा उनी फरार थिए । उनले ४ वटा घटनामा ७७ लाख ६० हजार ८ सय ७४ रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ ।