images
images

चरिकोटको बहुउद्धेश्यीय व्यवसायीक भवन सञ्चालनका लागि आर्थिक प्रस्ताव आह्वान

  • ४ माघ २०७९, बुधबार १९:०९

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको बहुउद्धेश्यीय व्यवसायीक भवन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नगरपालिकाले गौरवको योजनाका रुपमा अघि सारेको बहुउद्धेश्यीय व्यवसायीक भवन सञ्चालनका लागि आर्थिक प्रस्ताव पेश गर्न आह्वान गरेको हो । गत पुस २२ गते १५ दिनको समय दिएर आर्थिक प्रस्ताव पेश गर्न नगरपालिकाले सूचना जारी गरेको छ । यसअघि आशयपत्र पेश गरी छनोटमा परेका कम्पनीहरुले आर्थिक प्रस्ताव पेश गर्न पाउनेछन् । नगरपालिकाले दिएको १५ दिनको समय भोली सकिँदैछ ।

व्यवसायीक भवन सञ्चालनका लागी नगरपालिकाले यसअघि बोलपत्र आह्वान गरेको थियो । त्यसमा ८ वटा आशयपत्र पेश भएकोमा ७ वटा छनौटमा परेका थिए । आशयपत्र र प्राविधिक क्षमताका आधारमा छनोटमा परेका कम्पनीहरुमा अदिति एण्ड अदित स्टोर्स् एण्ड सप्लायर्स, शैलुङ मल्टिप्रपोज प्रालि, श्रीङगेश्वर फुलमुन जेभी, श्री जयन्ती निर्माण सेवा प्रालि, द्धिपज्योति इलेक्ट्रोनिक्स सेन्टर, गुप्तेश्वर टेडर्स/सुजन जेभी र डिए सप्लायर्स कम्पनी रहेका छन् ।

भीमेश्वर नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको बहुउद्धेश्यीय व्यवसायीक भवन सञ्चालनमा ल्याउने तयारी गरेको छ ।यसअघि आशयपत्र पेश गरी छनोटमा परेका कम्पनीहरुले आर्थिक प्रस्ताव पेश गर्न पाउनेछन् । नगरपालिकाले दिएको १५ दिनको समय भोली सकिँदैछ । पेश भएका आर्थिक प्रस्ताव माघ १० गते खोलिने र त्यसपछि थप प्रक्रिया अघि बढाउने नगरपालिकाको तयारी छ । 

प्राविधिक रुपमा छनौटमा परेकाहरुलाई आर्थिक प्रस्ताव पेश गर्न भनिएको भीमेश्वर नगरपालिकाका इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिनुभयो । पेश भएका आर्थिक प्रस्ताव माघ १० गते खोलिने र त्यसपछि थप प्रक्रिया अघि बढाउने नगरपालिकाको तयारी छ । दोलखा सदरमुकाम चरिकोटस्थित व्यस्त सातदोबाटो चोकमा करोडौं खर्च गरेर निर्माण गरिएको बहुउद्धेश्यीय व्यवसायीक भवन निर्माण सम्पन्न भएको लामो समय हुँदा पनि सञ्चालनमा आउन सकेको छैन । भवन सञ्चालनमा नआउँदा नगरपालिकाले लाखौं आन्तरिक आम्दानी गुमाइरहेको छ ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले आर्थिक प्रस्ताव पेश भइसकेपछि दररेट निर्धारण गर्ने बताउनुभयो । २०७६ साल असारदेखि निर्माण सुरु भएको व्यवसायीक भवन ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी गत कात्तिकमा नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समय व्यवसायमा देखिएको आर्थिक मन्दिका कारण पनि नगरपालिकाले यो भवन समयमै भाडामा लगाउन नसकेको हो । कोरोना महामारीपछि देखिएको आर्थिक मन्दिपछि बजार क्षेत्रका कतिपय व्यवसायीक सटर खाली भएका छन् । यही बेला नगरपालिकाले बहुदेश्यीय व्यवसायीक भवन सञ्चालन गर्ने तयारी गरेको हो ।