images
images

यी हुन्, सिंगो सदनको विश्वासको मत पाउने मुख्यमन्त्री

  • ४ माघ २०७९, बुधबार १७:०२

मधेस प्रदेशका मुख्यमन्त्रीले सिंगो सदनको विश्वास पाएका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका हुन् । आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सहित १० वटै दलले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री यादवले नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन पाएका छन् ।