images
images

यू–१९ महिला टि २० विश्वकपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने

  • ५ माघ २०८१, शनिबार ०७:३९

काठमाडौँ । आईसीसी अन्डर १९ महिला टि २० विश्वकपको दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता अन्तर्गत ४ रंगशालामा ४१ खेलहरु खेल्दै उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो दिन हुने ६ वटा खेल अन्तर्गत नेपालले बंगलादेशसँगै प्रतिस्पर्धामा गर्नेछ । नेपालले प्रतियोगिताको चौथो खेलमा युकेएम वाईएसडी ओभलमा नेपाली समयअनुसार १२ः ४५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको हो । प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले स्टकल्याण्डको सामना गर्नेछ भने दोस्रो खेलमा ईंग्ल्याण्डले आयरल्याण्डसँग खेल्नेछ ।