
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि लामोसाँघु-जिरी सडकखण्ड अझै खुल्न सकेको छैन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका –७ डाँडापाखरका एक युवकको मृत्यु भएपछि लामोसाँघु-जिरी सडक खण्ड अन्तर्गत ८ किलोमा सडक अझै बन्द रहेको हो । हिजो लिसंखुपाखर–७ डाँडापाखरका युवक दावाछिरिङ तामाङको १२ चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा लागेको आगो सल्किँदा घटनास्थलमै जलेर ज्यान गएको थियो ।
दोलखाबाट काठमाडौं जाँदै गरेको ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा घटनास्थलमै जलेर युवकले ज्यान गुमाएका थिए । अहिले तामाङको शव आफन्तहरुले बुझेका छैनन् भने सडक अवरुद्ध गरिरहेका छन् । हालसम्म राम्रोसँग वार्ता समेत हुनसकेको छैन ।