images
images

तामाकोशी जलविद्युत केन्द्र मर्मतकै लागि फेरी दुई दिन उत्पादन बन्द

जिरी (दोलखा) । लामो समय बन्द भएपछि केही समयअघि मात्रै सञ्चालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन फेरी ४८ घण्टा बन्द हुने भएको छ ।

बाढी पहिरोले क्षतिग्रस्त संरचनाको मर्मत गरेर एक महिनाअघि आंशिक सञ्चालनमा आएको हो । विद्युत केन्द्रका अनुसार उत्पादन बन्द गरेर सफाइ गरी पूर्ण रूपमा सञ्चालनको तयारी गरिएको हो । अपर  तामाकोशीले आज र भोली आइतबार उत्पादन बन्द गरेर सोमबारदेखि उत्पादन सुचारु गर्ने जनाएको छ । ८८ दिन बन्द भएर उत्पादन हाल १०० मेगावाटमा २४ सै घण्टा सञ्चालन हुँदै आएको छ । ४५६ मेगावाट क्षमताको जलविद्युत केन्द्रले केही वर्ष यता धमाधम विद्युत उत्पादन गरिरहेको छ । तर, गत भदौमा आएको बाढी पहिरोले पुर्याएको क्षतिको कारण बीचमा लामो समय उत्पादन बन्द भएको थियो ।

अब विद्युत गृह पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी तयारी भैरहेको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । विद्युत केन्द्र मर्मतकै कारण केही कामहरू भैरहेकोले दुई दिन उत्पादन बन्द गर्न लागेको उहाँको भनाइ छ ।