images
images

रामेछाप नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा वृद्धको शव फेला

  • ५ माघ २०८१, शनिबार १७:४१

रामेछाप । रामेछापमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

रामेछाप नगरपालिका -८ भंगेरी धारापानीमा सोही वडाको बाबियाखर्क घर भएका ६७ वर्षीय रामकृष्ण बुढाथोकी मृत फेला परेका हुन्। पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनी बिहिबारदेखी परिवारको सम्पर्क बाहिर थिए ।

अहिलले शव पोष्टमार्टमको लागी मन्थली अस्पताल लगिएको छ । घटनाकोबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनाएको छ ।