
दोलखा । नेकपा माओवादी केन्द्र दोलखाको तामाकोशी गाउँपालिकाको अधिवेशनले राजुप्रसाद शर्माको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटि चयन गरेको छ ।
अधिवेशनबाट शर्मा पुनः पालिका कमिटिको अध्यक्षमा दोहोरिएका हुन् । नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको प्रथम उपाध्यक्षमा रुरल एम मनिका तथा उपाध्यक्षहरुमा वद्री पौडेल, खड्गविक्रम खड्का र भवानी राउत चयन भएका छन् । यस्तै सचिवमा सुमन मिजार, सहसचिवमा एमप्रसाद सुवेदी र कोषाध्यक्षमा सिर्जना उप्रेती चयन भएका छन् ।
अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा ईञ्चार्ज विशाल खड्काले उद्धघाटन गर्नुभएको थियो । अधिवेशनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य वासुदेव पोखरेल, जिल्ला सचिव सन्तोष केसी, नेता अर्जुन योगी, तामाकोशी गाउँपालिका ईन्चार्ज उपेन्द्र अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
धमाधम वडा र पालिका अधिवेशन गरिरहेको माओवादी केन्द्र दोलखाले हालसम्म चार गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको छ । गौरीशंकर, वैतेश्वर, विगु र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो ।