images
images

भारतमा ३८ जनालाई फाँसी

  • ६ फाल्गुन २०७८, शुक्रबार १३:२९

भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

गुजरातको अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अहमदाबाद विशेष अदालतले आज बम विस्फोटका दोषीलाई सो सजाय सुनाएको हो । १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइएको हो । अन्य ११ जनालाई भने आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका थिए । २८ जनाले भने सफाइ पाएका छन् ।

सन् २००८ को जुलाई २६ तारिखको दिन अहमदावादको मणिनगरमा भएको बम विष्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २ सय बढी घाइते भएका थिए । सन् २००८ को जुलाई २६ मा गुजरातको अहमदावाद शहरमा ७० मिनेटको अन्तरमा एकपछि अर्को गर्दै २१ पटक बम विस्फोट भएको थियो ।

एजेन्सीको सहयोगमा