images
images

चोरीको अभियोगमा ६ जना पुर्पक्षका लागि थुनामा

  • ६ फाल्गुन २०७८, शुक्रबार १८:०२

दोलखा । दोलखामा श्रृंखलाबद्ध चोरीका घटना घटिरहेका बेला चोरीको आरोपमा पक्राउ परेका ६ जना पुर्पक्षका लागि थुनामा गएका छन् ।

पछिल्लो समय लगातार जिल्लाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रुपमा चोरीका घटना भइरहेका बेला ६ जना डाका तथा चोरी मुद्धामा पुर्पक्षका लागि थुनामा गएका हुन् । माघ महिना यता जिल्लामा लगातार श्रृंखलाबद्ध चोरीका घटना घटिरहेका बेला चोरीको आरोपमा पक्राउ परेका दोलखाका ५ जना सहित ६ जना जिल्ला अदालत दोलखाको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका हुन् । जिल्ला न्यायधिश कवि प्रसाद न्यौपानेको थुनछेकको बहस पछि उनीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् । तामाकोशी गाउँपालिका वडा नम्बर ३ का रञ्जित थापा, वडा नम्बर ४ का राजेश भनिने खुस बहादुर खड्का, दिनेश कार्की, दिनेश खड्का र नवराज खड्का, मेलुङ गाउँपालिका वडा नम्बर ४ का नारायण थापा र रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ का किशोर कार्की डाका तथा चोरी मुद्धामा पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला अदालत दोलखाका श्रेस्तेदार शिव प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रुपमा चोरीका घटना भइरहेका बेला ६ जना डाका तथा चोरी मुद्धामा पुर्पक्षका लागि थुनामा गएका हुन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका ८५ वर्षिय वृद्ध रामबहादुर विकको घरमा माघ ७ गते रातीको समयमा कुटपिट गरी नगद तथा गरगहना चोरी गरेको आरोपमा दोलखा प्रहरीले माघ ८ गते उनीहरुलाई पक्राउ गरेको थियो । करिब १ महिना लामो अनुसन्धान पछि प्रहरीले जिल्ला अदालत बुझाएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका ८५ वर्षिय वृद्ध रामबहादुर विकको घरमा माघ ७ गते रातीको समयमा कुटपिट गरी नगद तथा गरगहना चोरी गरेको आरोपमा दोलखा प्रहरीले माघ ८ गते उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले डाका तथा चोरी मुद्धा दर्ता गरी अनुसन्धान गरेको थियो । करिब १ महिना लामो अनुसन्धान पछि प्रहरीले जिल्ला अदालत बुझाएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश बमोजिम उनीहरु कारागार चलान भएका छन् । पछिल्लो समय जिल्लामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जसका कारण मानिसहरुमा त्रास पैदा भएको छ ।