images
images

आज महाशिवरात्री पर्व मनाईँदै, शिवमन्दिरमा भक्तजनको घुइँचो

  • ६ फाल्गुन २०७९, शनिबार ०९:२२

दोलखा । महाशिवरात्री पर्व आज मुलुकभरका शिवालयमा भगवान् शिवको पुजा आरधना गरी मनाईदैछ ।

आराध्यदेव भगवान शिवको पूजा आराधना गरी आज मुलुकभर महाशिवरात्री पर्व मनाउन लागिएको हो । वैदिक सनातन हिन्दु धर्मावलम्वीहरु आज बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा भएर श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्दछन् । शिवजी उत्पति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा शिव पुरायण लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पुजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

यो पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । महाशिवरात्री पर्वको अवसरमा काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ । यसैबीच, दोलखाको शिव मन्दिरहरुमा पनि आज विहानैदेखि भक्तजनको भीड लागेको छ ।