images
images

लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने ४० जना पक्राउ

  • ६ फाल्गुन २०७९, शनिबार १७:२३

काठमाडौं । नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल पसल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्राली, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोन लगायत सामग्री लुटपाट गरेका थिए ।

यस्तै उनीहरुले प्रहरी वृत्त बालाजुको बा २ झ १ सय ४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुको साथै बालाजु र माछापोखरी चोकको ट्राफिक बिटमा क्षति पु¥याएका थिए । आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।