images
images

चालु वर्षको ६ महिनामा ११ हजार ३३८ सवारी दुर्घटना, १ हजार २३३ जनाको मृत्यु

  • ६ फाल्गुन २०८१, मंगलवार ०६:२९

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परि १२ सय भन्दा बढिको मृत्यु भएको छ ।

चालुआर्थिक वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सवारी दुर्घटना हुँदा १ हजार २३३ जनाको मृत्यु भएको हो । लापरवाही पूर्वक सवारी साधन चलाएको तथा ट्राफिक नियमको पूर्ण पालनामा ध्यान नदिएका कारण दुर्घटना र ज्यान जानेको संख्या बढेको प्रहरीको विश्लेषण छ ।

यसअघि गत वर्षको यही अवधिमा देशभर १२ हजार ८५६ सवारी दुर्घटनामा परि १ हजार १४९ जनाको मृत्यु भएको थियो । यो तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा सवारी दुर्घटनाको संख्या घटेपनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ ।