images
images

प्रेस सेन्टर नेपाल बागमती प्रदेशमा नयाँ नेतृत्व, अध्यक्षमा ध्रुव अधिकारी

सिन्धुपाल्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी चयन भएका छन् ।

बागमती प्रदेशको पाँचौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्नली तामाङ चयन भएका छन् ।

यस्तै, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिवमा रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नि सापकोटाले उद्घाटन गर्नुभएको थियो ।