
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।
हिजो सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । यसअघि दाहाल एकीकृत समाजवादी दोलखाका अध्यक्ष थिए । दहालको नेतृत्वमा गोविन्द नेपाली र राजु श्रेष्ठ उपाध्यक्ष, एलपी श्रेष्ठ सचिव तथा नानिराम चौलागाई, निरू खरेल र दिपक धनुके उपसचिव चयन भएका छन् ।
अधिवेशनले १ सय ८६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको पार्टी उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिनुभयो ।