images
images

आजदेखि १३ दिने तेस्रो बृहत दोलखा महोत्सव सुरु

दोलखा । दोलखामा आजदेखि १३ दिने बृहत दोलखा महोत्सव सुरु भएको छ ।

सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा जारी महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्ध्घाटन गर्नुभयो । उद्घाटन अघि झाँकी सहितको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी टुँडिखेल रंगशालामा पुगेपछि उद्ध्घाटन समारोह सुरु भएको हो ।

दोलखा उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव १८ गतेसम्म सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको संघका पूर्बअध्यक्ष रामेश्वर मानन्धरले जानकारी दिनुभयो ।

महोत्सवमा १४० वटा स्टल राखिएकोमा स्थानीय उद्यमिको ६२ वटा स्टल छुट्याईएको संघले जनाएको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठले जिल्लाको कृषि, उद्यम उत्पादनलाई प्रबद्र्धन, आन्तरिक तथा बाह्य पर्यटकको प्रबद्र्धनमा महोत्सवले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

दोलखा महोत्सवमा झाँकीको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । महोत्सवमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोक दोहोरी तथा जातीय भेषभूषा प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।

दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले महोत्सवमा ६० वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बिद्यार्थीहरु र ८ बर्ष मुनिका बालवालिकालाई कार्यक्रममा बिशेष छुट सहितको प्याकेज सञ्चालन गरिने जानकारी दिनुभयो । आयोजकका अनुसार महोत्सवमा उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिनेछ ।