images
images

विपी र अरनीको लोकमार्गसहित २६ आयोजना पुननिर्माणका लागि १८ अर्ब ८८ करोड स्रोत सुनिश्चित

काठमाडौँ । विपी र अरनीको लोकमार्ग सहित बाढीपहिरोबाट क्षतिग्रस्त २६ वटा आयोजना पुननिर्माणका लागि स्रोत सुनिश्चित भएको छ ।

अर्थ मन्त्रालयले गत असोज दोस्रो साताको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरि २६ वटा आयोजना पुननिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भएर आएकोमा अर्थमन्त्रालयले आज स्रोतको सहमति प्रदान गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको हो ।

२६ आयोजना मध्य १३ वटा सडक र १३ वटा पुल निर्माणसँग सम्बन्धित आयोजना रहेका छन् । मन्त्रालयले विपी लोकमार्ग, अरनीको लोकमार्ग तथा मेची र कान्ति लोकमार्गसहित १३ वटा सडक निर्माणका लागि स्रोत सहमति दिएको हो ।

यसअघि अर्थ मन्त्रालयले सहमति नदिँदा बाढी पहिरोबाट क्षतिग्रस्त सडक पुननिर्माणको काम रोकिएको थियो । बजेट अभावका कारण क्षतिग्रस्त आयोजनाको अस्थायी मर्मत गरी कागजी काम मात्रै गरिएकाले स्रोत सुनिश्चित हुनसाथ ठेक्का प्रक्रिया सुरु हुने भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।