images
images

संस्कृतविद् जगमान गुरूङको अभिव्यक्तिले दोलखामा तरङ्ग, १२ संघ-संस्थाको बिरोध

दोलखा । संस्कृतविद डा. जगमान गुरुङले दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको विषयमा दिएको अभिव्यक्तिले तरङ्ग पैदा भएको छ ।

प्रसिद्ध दोलखा भीमेश्वरको नाम जोडेर संस्कृतविद गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दोलखामा एकपछि अर्काे विरोध भईरहेको हो । संस्कृतविद गुरुङले दिएको अभिव्यक्ति विवादित बनिरहेका बेला ऐतिहाँसिक एवम प्राचिन सहर दोलखाको महत्व र सत्यलाई बंग्याउन खोजिएको भन्दै दोलखाबासिले विरोध जनाएका छन् ।

१२ वटा संघ-संस्थाले आज विज्ञप्ती जारी गर्दै संस्कृतविद्ध डा गुरुङलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् । विज्ञप्तीमार्फत प्राचिन सभ्यताको मौलिकता रहेको दोलखा शहरमा अवस्थित प्रसिद्ध साक्षत दोलखा भीमेश्वरको बारेमा डा. गुरुङले तथ्यभन्दा फरक अभिव्यक्ति दिई भ्रम सिर्जना गर्न खोजेको आरोप लगाईएको छ ।

डा. गुरुङले ‘दोलखाको प्रसिद्ध भीमेश्वरको दर्शन गर्नजाने दर्शनार्थीहरुले पहिले शैलुङमा फेला परेको भनिएको भीमसेनको तरवारलाई दर्शन गरेपछि मात्रै दोलखाको भीमेश्वर मन्दिरमा जाँदा फलदायी हुन्छ ।’ भन्ने अभिव्यक्ति दिएकाले सो अभिव्यक्तिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । द्धाल्खा गुठी, दोलखा–काठमाडौँ, द्धवाल्खा म्यासुमुचा खलक, समकालिन एकता समाज नेपाल, कालिञ्चोक युवा क्लव, बाँफीझ्याला डटकम दोलखा–काठमाडौँ लगाएतका १२ वटा सँघ संस्थाले विज्ञप्ती जारी गरि आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमार्फत पर्यटकीय स्थल रहेको शैलुङ विशुद्ध बौद्ध धर्मसँग पहिचान भएको स्थल भनेर शताव्दीयौँ पहिलेबाटनै परिचित रहेको र हिन्दुसँग सम्बन्धित देवी देवताको प्रतीक रहेको भनिएपनि भीमसेनकै तरवार रहेको भन्ने कुरा कुनै पनि हिन्दु ग्रन्थमा उल्लेख नभएको बताईएको छ । साथै १२ वटा सँघ संस्थाले शैलुङ र दोलखको अपार आत्मीय सम्बन्धमा खलल पु¥याउने हिसाबले कुनै पनि खालको संकीर्ण विचार नराख्न ध्यानाकर्षण समेत गराएको छ ।

यसअघि दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले पनि विज्ञप्ती जारी गर्दै संस्कृतविद्ध गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।

१२ वटा संघ–संस्थाको विज्ञप्ती

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको विज्ञप्ती