
दोलखा । दोलखामा आजदेखि सुरु भएको बृहत तेस्रो दोलखा महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाएका छन् । महोत्सवमा सिस्नोको पिठोदेखि मह र विभिन्न कृषी उत्पादनहरु राखिएको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आज देखि सुरु भएको १३ दिने बृहत दोलखा महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्धघाटन गर्नुभएको थियो । महोत्सबको उद्धघाटन गर्दै मुख्यमन्त्री लामाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्यटकीय जिल्ला दोलखाको पर्यटन प्रवद्र्धनमा महोत्सबले सहयोग पु¥याउने बताउनुभयो । साथै यस्ता महोत्सवले जिल्लाका कृषी उत्पदान प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको भनाई छ ।
दोलखा उद्योग वाणिज्य सँघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न महोत्सव उद्धघाटन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, प्रदेश सांसद भरतबहादुर केसी, दोलखाका स्थानीय सरकारका प्रमुख तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता, विभिन्न सँघ संस्थाका प्रमुख एवम प्रतिनिधि, उद्योगी व्यवसायी लगाएतको उपस्थिती रहेको थियो ।
महोत्सव उद्धघाटन अघि सुनुवार, थामी, नेवार लगाएतका समुदायले आफ्नो मौलिक संस्कृति झल्किने नृत्य सहितको झाँकी तथा खैँजडी भजन प्रस्तुत गरेका थिए । साथै अटो ¥याली समेत निकालिएको थियो ।
दोलखा उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १८ गतेसम्म सञ्चालन हुने सँघका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो ।