images
images

आठ वर्षीया बालिका बलात्कार गर्ने ६२ वर्षीय पुरुषलाई जन्मकैदको फैसला

  • ४ चैत्र २०७८, शुक्रबार ०८:५१

दोलखा । नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिकाका एक पुरुषलाई जन्मकैदको फैसला सुनाईएको छ ।

दोलखा जिल्ला अदालतले तामाकोशी गाउँपालिका वडा २ झुलेका ६२ वर्षिय बले भनिने बलबहादुर तमाङलाई ८ वर्षिया नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा जन्मकैद र ५० हजार जरिवानाको फैसला सुनाएको हो । जिल्ला न्यायधीश कविप्रसाद न्यौपानेको सोमबारको इजलासले सो फैसला सुनाएको अदालतका प्रवक्ता भीम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तमाङलाई मुलुकी अपराध संहिताको जबरजस्तीकरणी सम्बन्धी ऐन अनुसार जन्मकैदको फैसला सुनाइएको हो ।

डेढ वर्षअघि स्थानीय ८ वर्षिया नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले तमाङलाई आफ्नै घरबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी सम्बन्धी मुद्धामा अनुसन्धान पुरा भएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेपछि उनी पूर्पक्षका लागि थुनामै थिए । थुनामा रहेका उनलाई अदालतले सोमबार जन्मकैदको फैसला सुनाएको दोलखा जिल्ला अदालतले जनाएको छ ।