images
images

भीमेश्वरको जिलुमा एक पुरुष मृत फेला

  • ४ चैत्र २०७८, शुक्रबार १६:०१

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा आज वडा नम्बर ६ का छिरिङ शेर्पा मृत फेला परेका हुन् । ५ दिन अघिदेखि वेपत्ता उनी आज मृत फेला परेको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । शंकास्पद रुपमा फेला परेका शेर्पाको झुण्डिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।