images
images

चोरी मुद्धाका फरार अभियुक्त दोलखा प्रहरीद्धारा पक्राउ

  • ४ चैत्र २०७८, शुक्रबार २०:५९

जिरी (दोलखा) । नकबजनी चोरी मुद्धामा फरार रहेका भीमेश्वर नगरपालिकाका एक पुरुष ५ वर्षमा पक्राउ परेका छन् ।

दोलखा प्रहरीले भीमेश्वर नगरपालिका ४ का २७ वर्षीय निरोज मुगातीलाई पक्राउ गरेको हो । अदालतबाट २०७३ साल बैशाख ३० गते नकबजनी चोरी मुद्धामा १ महिना १५ दिन कैद सजाय र २८ हजार ८ सय ८० रुपैंया जरिवाना तोकिएका उनी हालसम्म फरार थिए । यही चैत २ गते पक्राउ परेका उनलाई अदालतमा पेश गरिएकोमा आज कारागार चलान भएको दोलखाका प्रहरी निरिक्षक दिवश बस्नेतले जानकारी दिनुभयो ।