images
images

गाडीको ठक्करबाट सिन्धुपाल्चोककी एक बृद्धाको मृत्यु

  • ४ चैत्र २०७९, शनिबार १६:५६

काठमाडौं । काठमाडौंमा गाडीको ठक्करबाट सिन्धुपाल्चोककी एक बृद्धाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको जलबिरे गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको सिनामंगलमा डेरा गरी बस्दै आएकी ७५ वर्षिया चन्द्रमाया बस्नेतको आज गाडीको ठक्करबाट मृत्यु भएको हो । काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित सडकमा ना ३ ख ६०६४ नम्बरको गाडीले ठक्कर दिँदा उनी गम्भिर घाईते भएकी थिइन् । गम्भिर घाईते भएकी उनको केएमसि अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।