images
images

दोलखाको कालिञ्चोक र शैलुङमा भारी हिमपात

  • ४ चैत्र २०७९, शनिबार १९:३९

दोलखा । दोलखाको कालिञ्चोकमा आज भारी हिमपात भएको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ लगायत उच्च हिमाली क्षेत्रमा आज बाक्लो हिमपात भएको हो । हिमपात भएसँगै कालिञ्चोक क्षेत्र सेताम्य भएको छ । यो वर्ष पहिलो पटक यति धेरै हिमपात भएको हो । ३ हजार ८ सय ४२ मिटर उचाईमा रहेको धार्मिक एवँ पर्यटकीय क्षेत्र कालिन्चोकमा हिमपात भएपछि हिउँ खेल्न पुग्ने आन्तरिक पर्यटकको चाप बढ्ने अनुमान गरिएको छ ।

आज दिउँसो एक्कासि हिमपात भएपछि कालिञ्चोकमा धेरै पर्यटक पुगेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कालिञ्चोक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । यसअघि कम मात्रामा हिमपात भएकोमा यो पटक कालिञ्चोक क्षेत्रमा भारी हिमपात भएको हो ।